शीर्षकहरू

एप्पल र गुगलविरुद्धका फरक-फरक मुद्दामा ईयुले जित्यो अर्बौँं डलरको मुद्दा

एप्पल र गुगलविरुद्धका फरक-फरक मुद्दामा ईयुले जित्यो अर्बौँं डलरको मुद्दा

एजेन्सी । युरोपियन युनियन (इयु) ले गुगल र एप्पलसँगका फरक-फरक मुद्दामा मंगलबार ठूलो सफलता हात पारेको छ । युरोपेली संघको उच्च अदालत कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियनले एप्पल र गुगल विरुद्ध छुट्टाछुट्टै कानुनी मामिलामा गरेको फैसलामा ईयुले मुद्दा जितेको हो ।

कोर्ट अफ जस्टिसलेगुगलको मूल कम्पनी अल्फाबेटलाई किनमेल सेवामा लगाइएको २.४२ बिलियन युरो जरिवानालाई कायम राख्ने निर्णय गरेको छ । यो जरिवाना गुगललाई सात वर्षअघि कम्पनीको मूल्य तुलना किनमेल सेवाको लागि लगाइएको थियो । गुगलमाथि युरोपमा सञ्चालित साना कम्पनीहरूमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको आरोप छ ।

यसअघि तल्लो अदालतले उक्त मुद्दामा यही फैसला गरेकोमा युरोपेली संघको अदालतले गुगलमाथिको तल्लो अदालतको निर्णयलाई कायम राखेको हो ।

यस्तै एप्पल र आयरल्याण्ड सरकारबीचको गैरकानुनी सहमतिले करमा भारी छुट दिएर युरोपमा व्यवसाय गर्न दिएको आरोपमा एप्पलले पनि इयुविरुद्धको मुद्दा हारेको छ । इयुले सन् २०१६ मा सो कम्पनीलाई आयरल्याण्ड सरकारले १३ अर्ब युरो करमा छुट दिइ व्यवसाय गर्न दिएको थियो । उक्त मुद्दामा पनि इयुको पक्षमा फैसला भएको हो । मंगलबारको फैसलाअनुसार अब एप्पलले उक्त कर तिर्नुपर्नेछ ।