शीर्षकहरू

ब्लु क्रस अस्पतालमा प्रभु बैंकका ग्राहकलाई १२ प्रतिशतसम्म छुट

ब्लु क्रस अस्पतालमा प्रभु बैंकका ग्राहकलाई १२ प्रतिशतसम्म छुट

काठमाडौं । त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

मंगलबार एक समारोहकाबीच ब्लु क्रस हस्पिटल प्रालिका तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्रबाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।  सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५ देखि १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।