शीर्षकहरू

कुमारी बैंकद्वारा प्रशिक्षकहरूलाई वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षण

कुमारी बैंकद्वारा प्रशिक्षकहरूलाई वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षण

काठमाडौं । यूसएडसँगको सहकार्यमा 'देशैभरि वर्षैभरि' अभियानको रूपमा वित्तीय साक्षरता प्रर्वद्धन गरी विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचहरुलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ।

वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा वित्तीय साक्षरता प्रर्वद्धन हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिनेगरी वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरि नियमित रूपमा प्रकाशन तथा प्रशारण गर्दै आइरहेको छ।

स्थानीय स्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामग्री विकास गर्दै समाजमा रहेका व्यावसायिक एवं उद्यमशील संभावनाहरुलाई प्रर्वद्धन गर्दै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।