शीर्षकहरू

इजरायली हिरासतमा प्यालेस्टिनीमाथि हिंसा र अमानवीय व्यवहार

इजरायली हिरासतमा प्यालेस्टिनीमाथि हिंसा र अमानवीय व्यवहार

एजेन्सी । गत अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएदेखि इजरायली हिरासतमा रहेका प्यालेस्टिनी नागरिकहरुको अवस्थामा नाजुक बन्दै गएको वर्णन गर्दै द्वन्द्वमा यौन हिंसासम्बन्धी  राष्ट्रसङ्घकी महासचिव तथा विशेष प्रतिनिधि प्रमीला प्याटनले ओएचसीएचआरसहित  राष्ट्रसङ्घले हालै प्रकाशित प्रतिवेदन प्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रसङ्घका विशेष प्रतिनिधिले जेलमा भएका हिंसा ,अमानवीय र अपमानजनक व्यवहारका गथिविधिहरु औल्याउँदै यस्ता कार्यले मानव अधिकार तथा अन्तराष्ट्रिय कानुनको उल्लङ्घन भएकाले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि गरिएका प्रयासहरू पनि कमजोर भएको जनाएका छन् ।
 
उनले सम्बन्धित निकायलाई छिटै समस्या समाधान गरी पीडितहरूलाई आवश्यक चिकित्सा र मनोवैज्ञानिक सहयोगको व्यवस्था गर्न आह्वान गरेका छन् । 

प्याटनले अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्ड अनुसार नजरबन्दको अवस्थामा अन्तर्राष्ट्रिय मापदण्ड कडाइका साथ लागु गर्न जोड दिदै इजरायली अधिकारीलाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा सान्दर्भिक अन्तर्राष्ट्रिय निकायको निर्बाध पहुँच प्रदान गर्न आग्रह गरे ।  

उनले पद तथा सम्बद्धताको अवस्था जस्तोसुकै भएपनि न्यायको सिद्धान्त  अनुसार व्याप्त असान्दर्भिक क्रियाकलापहरु नियन्त्रण गर्न सक्षम संयुक्त राष्ट्रसङ्घीय निकायद्वारा स्वतन्त्र र गहन अनुसन्धानको लागि आह्वान गर्नु  भएको छ ।