शीर्षकहरू

युद्धका कारण नेपाली श्रमिक इजरायल पठाउने मनस्थितिमा छैन श्रम मन्त्रालय

युद्धका कारण नेपाली श्रमिक इजरायल पठाउने मनस्थितिमा छैन श्रम मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का लागि नेपाली श्रमिक तत्काल पठाउने मनस्थितिमा छैन । इजरायलमा युद्ध भै रहेकै कारण श्रमिक पठाउने विषयमा मन्त्रालय पछाडि हुन चाहेको मन्त्रालय स्रोतले बताएको छ । 

वैदेशिक रोजगार विभागले गत असार ११ सूचना जारी गर्दै इजरायलको केयरगिभरका लागि आवेदन माग गरेको थियो । विभागको परेको आवेदनमध्ये तीन हजार ४६१ जना आवेदन छनौट गरी इजरायलको पठाइ सकेको छ । उता इजरायल सरकारले पनि विभागले पठाएको आवेदनबाट लक्की ड्र गरी दुई हजार २०२ जना नेपाली श्रमिक छनौट गरिसकेको छ । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पीबा) ले लक्की ड्र बाट नेपाली कामदारको छनौट गरेको हो  । तर, युद्ध भै रहेको अवस्थामा नेपाली श्रमिक पठाइनु जोखिमपूर्ण हुने भन्दै मन्त्रालयले श्रमिक नपठाउने मनस्थिति बनाएको हो । 

इजरायल पठाउने प्रक्रियालाई लम्बाउनकै लागि आवेदक माथि भएको छानबिनको प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रियालाई लम्बाइको स्रोतले बतायो । मन्त्रालयले मंगलबार एक सूचना  जारी गर्दै इजरायलको केयरगिभरका लागि आवेदन दिएका उम्मेदवारलाई धैर्य धारण गर्न  आग्रह गरेको छ । छानबिन प्रक्रिया चलि रहेकोले केही समय धैर्य गर्न उम्मेदवारलाई आग्रह पनि गरेको छ । 

गत वर्ष देखि सुरु भएको द्धन्द इजरायलमा अहिले पनि जारी छ । प्यालेस्टिनी विद्रोही समूह  हमासले गाजा क्षेत्रसँग जोडिएको इजरायलका विभिन्न ठाउँमा आक्रमण गरेको थियो । त्यसपछि इजरायलले हमास विरुद्ध थालेको कारवाही हालसम्म जारी छ । पछिल्लो समय  इजरायलले छिमेकी देशमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूह विरुद्ध कारवाही तीव्र पारेको छ । सोमबार मात्रै इजरायली सेनाले सिरियाको हामा प्रान्तको मस्याफ सहरमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको छ । 

त्यस्तै, हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा गएका मध्ये १० नेपाली विद्यार्थी मारिएका थिए भने कन्चपुरका विपिन जोशी हाल पनि हमासको कब्जामा छन् । 

यो पनि 

प्रचण्ड सरकारको द्वैधचरित्र : रुसबाट नागरिक ल्याउँछु भन्ने, युद्धग्रस्त इजरायलमा पठाउने