शीर्षकहरू

पोखरामा रविविरुद्ध सहकारी पीडितको नाराबाजी

पोखरामा रविविरुद्ध सहकारी पीडितको नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पोखरामा सहकारी पीडितहरुले नारावाजी गरेका छन् । पोखरामा लामिछाने सहभागी हुने कार्यक्रमस्थल बाहिर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा पुगेका थिए । उक्त कार्यक्रमस्थल बाहिर पीडितहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सहकारी ठग मुर्दावाद भनदै नारा लगाएका थिए । 

लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी आरोप लागेको छ । लामिछानेसहित यस प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित १९ जना मुछिएका छन् । हाल जिबी राइ फरार रहेका छन् ।