शीर्षकहरू

गोर्खाज फाइनान्सको सीईओ घिमिरेले दिए राजीनामा

गोर्खाज फाइनान्सको सीईओ घिमिरेले दिए राजीनामा

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कुमार घिमिरेले राजीनामा दिएका छन् ।

सीईओ घिमिरेले दिएको राजीनामा भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिको बैठकले असोज २२ गतेदेखि लागू हुने गरी सीईओ घिमिरेको राजीनामा स्वीकृत गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्जमार्फत गराएको छ ।