शीर्षकहरू

मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

 आवेदन कम्पनीको केन्द्रिय कार्यालय धरान, सुनसरी र शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।