शीर्षकहरू

गुराँस लघुवित्तले प्रस्ताव गर्यो १५ प्रतिशत लाभांश

गुराँस लघुवित्तले प्रस्ताव गर्यो १५ प्रतिशत लाभांश

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत लाभांश प्रस्ताव सम्बन्धित निर्णय सार्वजनिक गरेको हो । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी १९ करोड १४ लाख रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा १ करोड ४४ लाख ४९ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर र ७ लाख ६० हजार ५०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष लगानीकर्ताको हात खाली गरेको कम्पनीले यस वर्ष भने लाभांश वितरण गर्न लागेको हो । अघिल्लो वर्ष आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।