शीर्षकहरू

ओरण्टल को–अपरेटिभका बचतकर्ताले भक्तपुरको जग्गा पाउने

ओरण्टल को–अपरेटिभका बचतकर्ताले भक्तपुरको जग्गा पाउने

काठमाडौं । ओरेण्टल को–अपरेटिभका बचतकर्ताले बचतको रकम बराबरको जग्गा पाउने भएका छन् । समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिले आज जारी गरेको सूचना अनुसार उक्त सहकारीका बचतकर्तालाई अचल सम्पत्ति मागदावी गर्न सूचना जारी गरिएको छ । 

सूचना अनुसार ओरेण्टलका बचतकर्ताले भक्तपुरको गुण्डु गाविसमा रहेको जग्गा  आफ्ना बचत रकम बराबरको जग्गा पाउने बताइएको छ । उक्त स्थानमा सहकारीका नाममा करिब ५९० रोपनी जग्गा रहको छ ।