शीर्षकहरू

नेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभव

नेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभव

काठमाण्डौ रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ। यो त्भकत च्ष्मभ त्चबअप भ्हउभचष्भलअभ भदौ २१ देखि २३  सम्म सञ्चालन गरिएको कम्पनीले जनाएको छ । हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले  अफरोडिङ अनुभव प्रदान गरेको राइडरहरुले बताए। अफ(रोड ट्र्याकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको छ। 

अल्फा अटोमोटिभ प्रालिले नाडा अटो शो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसि शेर्पा इन्जिन लन्च गरेको थियो । हिमालयन ४५० को प्रारम्भिक मूल्य  ९,८९,५०० रुपैयाँ रहेको छ भने टप भेरियन्टको मुल्य  १०,३९,५०० रुपैयाँ रहेको छ । हिमालयन ४५० मा ४ भेरियन्टहरू छन् जसमा काजा ब्राउनको मुल्य  ९,८९,५०० रुपैयाँ स्लेट पपी ब्लूरस्लेट हिमालयन साल्टको मुल्य  ९,९९,५०० रुपैयाँ क्यामेट व्हाइटको मुल्य  १०,१८,५०० रुपैयाँ र हान्ले ब्लाकको मुल्य रु। १०,३९,५०० रहेको छ ।

४५२ सीसी इन्जिन र आधुनिक एबीएस प्रणालीले सुसज्जित यो मोटरसाइकलले रोयल इन्फिल्डको मज्बुद्ताले आधुनिक प्राविधिक सुधारसहित संयोजन गर्ने कम्पनीले जनाएको छ । जसले गर्दा सहरका सडकहरू र नेपालको प्राकृतिक सुन्दरताले भरिएको पहाडी एवं हिमाली सडकहरूमा एडभेन्चर यात्राहरुको लागि उत्कृष्ठ रहने छ।
 
रोयल इन्फिल्ड सिरिजमा हिमालयन ४५० विशिष्ट रूपमा अगाडि आएको छ। यस हिमालयनले इण्डियन मोटरसाइकल अफ द यर २०२४ अवार्ड विजेता प्राप्त गरेको छ। हिमालयन प्लेटफर्ममा आधारित यो ४५० भेरिएन्टले विविध भू–भागमा (तराई –पहाड–हिमाल) उत्कृष्ट प्रदर्शन र स्थिरता प्रदान गर्दछ। यसको मस्कुलर डिजाइन र उन्नत सस्पेन्सन प्रणालीले सहरका सडकहरूमा होस् या एडभेन्चर रुटहरुमा, सुमधुर र रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गरेको छ । 

हिमालयन ४५० को प्राविधिक विशेषताहरूमा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन्। रोयल एन्फिल्ड हिमालयनको म्याक्सिमम पावर २९.४४ किलोवाट रहेको कम्पनीको भनाइ छ भने म्याक्सिमम टर्क ४०NM@५५०० RPM रहेको छ। हिमालयन ४५० सिसि मा १७ लिटरको फ्युल ट्यांकी छ, जसले लामो यात्रा सुनिश्चित गर्ने कम्पनीको दावी छ।

 अगाडीको पांग्राको साइज ९०र९०-२१ छ भने पछाडि पांग्राको साइज १४०र८० R १७ छ। यस बाइकमा २३० मिमि को उच्च ग्राउन्ड क्लियरेन्स छ। डुअल च्यानल एबिएस र स्विचेबल एबिएसका साथै, यसमा ४ इन्चको गोलो TFT डिस्प्ले छ, जसमा फोन कनेक्टिभिटीको सुविधा, गूगल म्याप्सद्वारा सञ्चालित फुल मेप नेभिगेसन, र मिडिया कन्ट्रोल्स पनि उपलब्ध छन् । 

 जसले यात्रालाई थप स्मार्ट र सुविधाजनक बनाउँछ। मोटरसाइकलको सजीव डिजाइनलाई यसको टिकाउ फ्रेम र उच्च ग्राउन्ड क्लियरेन्सले पूरक बनाउँछ । जसले यसलाई लामो यात्राहरू र साहसिक यात्राहरूका लागि उत्कृष्ट बनाउँछ। मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट र एर्गोनोमिक ह्यान्डलबार कन्ट्रोल जस्ता आधुनिक सुविधाहरु समावेश छन् ।  जसले क्लासिक सौन्दर्यलाई आधुनिक कार्यक्षमतासँग मिलाउँछ।

एड्भेन्चर स्पिरिट मनाउन र हिमालयन ४५० राइड गर्दा पाइने अनुपम रोमाञ्चकताका लागि हामीसँग सामेल हुन सबैमा आग्रह छ। हिमालयन ४५० अल्फा अटोमोटिभ प्रालिका नेपालभर रहेका २४ ओटै शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।