शीर्षकहरू

पहिरोले नागढुङ्गा-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

पहिरोले नागढुङ्गा-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

काठमाडौं । पहिरोले नागढुङ्गा-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । नागढुङ्गा चेकिङ पोस्टबाटनजिकै नौबिसे जाने बाटोमा गएको पहिरोले सडक दुईतर्फ अवरुद्ध भएको हो ।

आज दिनभर  परेको अविरल वर्षाले गर्दा वर्षाका कारण आएको लेदोसहितको गेग्य्रान र पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्डमा सवारी आवागमन ठप्प भएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले बताए ।

अहिले बाटो खुलाउने काम भइरहेको उनले बताए ।