शीर्षकहरू

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङको त्रिशूली बिच रिर्सोटमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङको त्रिशूली बिच रिर्सोटमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूली बिच रिर्सोटसँग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले यस रिर्सोटमा बसाई तथा खानामा १५ प्रतिशतसम्म छुट  प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले  बैंकको मान्य डेबिट कार्ड/प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल/ईन्टरनेट बैंकिङ्ग द्धारा गर्न भुक्तानी गर्नुपर्नेछ । 

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।