शीर्षकहरू

भियतनाममा यागी चक्रावतका कारण ५९ जनाको मृत्यु

भियतनाममा यागी चक्रावतका कारण ५९ जनाको मृत्यु

एजेन्सी । भियतनाममा चक्रवात यागी आएको छ । चक्रवात यागीका कारण शनिबारदेखि अहिलेसम्म ५९ जनाको मृत्यु भएको छ ।

सोमबार यागी चक्रावतका कारण रेड नदीमाथिको पुल भत्किएको छ । दश कार र दुई स्कुटर बगेका छन् । बेपत्ता १३ जनाको खोजी भइरहेको र तीन जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ ।

भियतनामका तटीय शहरबाट करिब ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रावतका कारण विद्युतीय पूर्वाधारमा क्षति भई १० लाखभन्दा बढी जनता बिजुलीविहीन भएका छन् । उत्तर भियतनामका धेरै शहरहरूमा विद्यालयहरू बन्द गरिएका छन् ।

यागी चक्रावतका कारण यसअघि दक्षिण चीन र फिलिपिन्समा २० जनाभन्दा बढीको मृत्यु भएको छ ।