शीर्षकहरू

रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

एजेन्सी । चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । 

नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको हो । अभ्यासको उद्देश्य चिनीयाँ तथा रूसी सेनाबीचको रणनीतिक सहयोगलाई मझबुत बनाई  सुरक्षा खतरासँग संयुक्त रूपमा सामना गर्ने उनीहरूको क्षमता बढाउनु रहेको मन्त्रालयले उल्लेख गरेको छ । 

दुवै पक्षले संयुक्त समुद्री गस्तीका लागि ‘प्रशान्त महासागरको समुद्री क्षेत्र’ मा नौसेना  पठाउने छन् भने चीनले रूसको ओसन–२०२४ रणनीतिक अभ्यासमा पनि भाग लिनेछ ।यसअघि जुलाईमा, दुई देशले चीनको गुआङ्गडोङ प्रान्तस्थित झानजियाङ सहर वरपरको पानी र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।

सन् २०२२ मा मस्कोले युक्रेनमा आक्रमण गर्नुअघि उनीहरूले सीमा विहिन साझेदारीको घोषणा गरेका थिए । गत महिना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा चिनियाँ प्रधानमन्त्री ली किआङसँगको भेटमा रूसको चीनसँगको आर्थिक र व्यापारिक सम्बन्ध ‘फलदायी’ भएको बताउनुभएको थियो ।