शीर्षकहरू

एक्सपेंग जी सिक्स सार्वजनिक, मूल्य ८४ लाख ९९ हजार रुपैयाँ

एक्सपेंग जी सिक्स सार्वजनिक, मूल्य ८४ लाख ९९ हजार रुपैयाँ

काठमाडौं । सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंग नेपाल भित्र्याएको छ । एक्सपेंगले नेपाली बजारमा पहिलोपटक आफ्नो जी-६ भेरियन्ट सार्वजनिक गरेको छ,  जसको मूल्य रु ८४,९९,००० तोकिएको छ ।

चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेंगले नेपालमा पनि स्मार्ट ड्राइभिङ्ग प्रविधि जस्तै स्वचालित ड्राइभिङ्ग र SEPA 2.0 प्रविधिहरू ल्याएको छ । एक्सपेंग जी-६ मा ४४० एनएम टर्क, १९० किलोवाट पावर र ४३५ किमी रेन्ज जस्ता विशेषताहरू छन् । साथै यसको ब्याट्री क्षमता ६६ किलोवाट प्रतिकिलोआवर रहेको छ ।

यसमा एलुमिनियम डाइ-कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा ५०-५० लोड अनुपात रहेको छ । थप सुविधाहरूमा संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम र ९-डायमेन्सन ब्याट्री सेफ्टी सामेल छन्, जसले जी-६ लाई विशिष्ट बनाउँछ । 

जेनेसिस, लम्बोर्गिनी, फेरारी, अडी, र सीटका लागि कार डिजाइनको २४ वर्षको अनुभवका साथ, एक्सपेंग मा प्रमुख डिजाइनरको रूपमा जुआनमा लोपेज सामेल भएका छन्, जसले एक्सपेंग का डिजाइनहरूलाई जीवन्त बनाएको छ । अब नेपाली ग्राहकहरुले पनि एक्सपेंग को प्रविधि नजिकबाट अनुभव गर्ने अवसर पाउनेछन् र ब्रान्डको दृष्टिकोण बारे थप जान्न सक्नेछन् । 

बुकिङ र टेस्ट राइडको लागि तपाईँले थापाथली शोरूममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।