शीर्षकहरू

गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा आएको रविको स्वीकारोक्ति

गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा आएको रविको स्वीकारोक्ति

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा आएको रविको स्वीकार गरेका छन् । सोमबार धनगढीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

यद्यपि, त्यसमा आफ्नो संलग्नता नरहेको र कुनै लाभ नलिएको दाबी उनले गरे । गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मा आफूले नलिने पनि उनले बताए ।

उनले भने, 'गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा हो । कसले बद्मासी गर्‍यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको छ ।त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने हो, मैले लाभ लिएको हुनुपर्‍यो !’

उनले संसदीय छानबिन समितिले यसलाई निकाशा दिनेमा विश्वास व्यक्त गरे ।