शीर्षकहरू

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्व शुल्कमा शतप्रतिशतसम्म छुट दिने

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्व शुल्कमा शतप्रतिशतसम्म छुट दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ । साविक प्राइम प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सिबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखमा भदौ २४ गतेदेखि ३१ गतेसम्म नविकरण गर्दा बीमाशुल्कमा लाग्ने ब्याज तथा जरिवानामा छुट दिने भएको हो । 

कम्पनीले दिएको जानकारी अनुसार ३ वर्षसम्म ब्याज तथा जरिवानामा शतप्रतिशत, ३ वर्षमाथी ५ वर्षसम्म ५० प्रतिशत, ५ वर्षमाथी ७ वर्षसम्म २५ प्रतिशत र ७ वर्षमाथी १२ वर्षसम्म १० प्रतिशत छुट दिने भएको हो । १२ वर्षमाथी अवधिको व्यतित बीमालेख नविकरणमा भने कुनै पनि छुट नहुने भनाई कम्पनीको छ । 

यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने जानकारी कम्पनीले दिएको छ । छुट सुविधा उपयोग गरी नविकरण गरार्ईएका बीमालेखहरू बीमालेख नविकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावहरूले नियमानुसार समर्पण गर्न चाहेमा छुट वापत्को रकम कट्टा गरिने जानकारी समेत कम्पनीले दिएको छ ।