शीर्षकहरू

श्रमिकको कानुनी र भाषिक सहजतामा काम गर्ने मियाँको पुस्तक ‘नमाज’ विमोचन

श्रमिकको कानुनी र भाषिक सहजतामा काम गर्ने मियाँको पुस्तक ‘नमाज’ विमोचन

काठमाडौं । प्रोफेसर मोहम्मद रमजान अली मियाको पुस्तक ‘नमाज’ राजधानी काठमाण्डौंमा विमोचित भएको छ । गत मङगलबार एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालद्वारा ‘नमाज’पुस्तकको लोर्कापण भएको हो। 

मियाँको पुस्तक लोकार्पण गर्दै अध्यक्ष दाहालले पुस्तक मुस्लिम धर्मावलम्बीहरुका लागि धेरै नै उपयोगी रहेको बताए ।इस्लाम धर्मावलम्बीहरुको नमाज परम्परामा आधारित रहेर यसअघि पनि पुस्तक लेखिसकेका कृतिकार मियाले यस पटकको कृतिमा भने नमाजबारे विस्तृत जानकारी समेटेका छन ।

कार्यक्रममा एनआरएनए अभियन्ता आरके शर्माले लेखक मियाँले कतारमा रहेर कतारको कानुन सम्वन्धी पुस्तक लेखिसकेको र उनमा लेखकीय क्षमता धेरै रहेको बताए । कतारमा रहेर कतार र नेपालको सम्वन्ध विस्तार तथा कतारमा रहेका नेपाली श्रमिकहरुको कानुनी र भाषिक सहजताका लागि धेरै काम गरेको बताउदै शर्माले मियाँको नयाँ कृति सफलताको कामना गरे ।

त्यस्तै पुस्तक विमोचन कार्यक्रममा सहभागी भएका नागरिक अगुवा तथा विभन्न संघसंस्थामा आबद्द व्यक्तित्वहरुले पनि लेखक अलिको व्यक्तित्त्वको प्रशंसा गरेका थिए भने उनको पुस्तक ुनमाजु को प्रशंसा गरेका थिए। 

उर्दु, अरबी, अंग्रेजी र नेपाली गरि रमजानका हाल सम्म ४० वटा कृतिहरु प्रकाशित भैसकेका छन । उर्दु साहित्य, इस्लाम दर्शन, इतिहास, अरबी अनुवाद, अनुभव तथा विवेचना उनको लेखन रुची हो । अहिले पनि उनका दर्जनौ पुस्तक प्रकाशनको पाइपलाइनमा छन् । उनी अहिले राष्ट्रिय मानव अधिकार आयोग कतारमा नेपाल संयोजक भएर काम गरिरहेका छन ।

सानै उमेरदेखि नै लेख्न र पढ्न रुचाउने अलिको यो ४० औ कृति हो । २० बर्षको उमेरमै पहिलो कृतिको रुपमा आठ खण्डमा आधारित ुखुत्बात ए अली मियाँु नामक पुस्तक करीब ६००० पृष्ठको उर्दुमा प्रकाशित गरेका उनको उक्त पुस्तकको २५ औं संस्करण प्रकाशित भैसकेको छ।

मियाँले यस पटक भारतको लोकप्रिय एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार प्राप्त गर्नेछन् । भारतका पुर्व राष्ट्रपती एवं बैज्ञानिक डा एपिजे अब्दुल कलामको ८३ औं जन्मजयन्तिको अवसरमा यो पुरस्कार वितरण गर्न लागिएको हो। पुरस्कार आगामी अक्टोबर १५ का दिन वेस्ट बङ्गालको शहर हाउडामा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।