शीर्षकहरू

टिभिएस नेपालद्वारा “नयाँ युगको आरम्भ’’ अफर सार्वजनिक

टिभिएस नेपालद्वारा “नयाँ युगको आरम्भ’’ अफर सार्वजनिक

काठमाडौं ।  काठमाडौँ नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा  १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना देशभर सीमित समयावधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ  ।

’नयाँ युगको आरम्भ’’ योजना अन्तर्गत  ृृधधध।तखकलभउब।िअयmरमबकजबष्ले,  मा गएर नकिन्दै पाँच लाख रुपैयाँसम्म जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ ।  हरेक सप्ताह  १०० प्रतिशत क्याश ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजि फाइनान्स उपलब्ध गराउने बताएको छ । साथै, टिभिएसका ग्राहकहरूलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिनेछ । थप रूपमा, टिभिएसले  ’’मेरो साथी’’ एप मार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण  सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।