शीर्षकहरू

शेयर बजारमा २५.४६ अंकको गिरावट, १० अर्ब १२ करोडको कारोबार

शेयर बजारमा २५.४६ अंकको गिरावट, १० अर्ब १२ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से २५.४६ अंकले घटेर दुई हजार ७ सय १ दशमलव ९० विन्दुमा बन्द भएको हो ।                                        

नेप्सेमा आज १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८५ वटाको बढेको छ भने १५७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                                

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । महुली लघुवित्त वित्तीय संस्था, श्रीजनशिल लघुवित्त वित्तीय संस्था र मिडसोलु हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।   

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा भने घटेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४२ करोड १९ लाख बराबरको कारोबार भएको छ ।