शीर्षकहरू

सिद्धार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रालि (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सक्नेछन् ।