शीर्षकहरू

बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार एक खर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा बढी पैसा भएपछि राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।जसको साँवा ब्याज भुक्तानी असोज १३ गते हुनेछ ।

बोलकबोल घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम रहेको छ । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।