शीर्षकहरू

लाभांश प्रस्ताव गर्दै बैंकिङ फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूटले बोलायो साधारण सभा

लाभांश प्रस्ताव गर्दै बैंकिङ फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूटले बोलायो साधारण सभा

काठमाडौं । बैंकिङ फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेडले असोज १८ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय नयाबानेश्वर, काठमाडौंमा अपरान्ह ३ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ भने चालू आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ४ करोड ९४ लाख रुपैयाँको आधारमा १४ दशमलव ७४ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले गरेको छ ।

 २०७५ साल साउन २९ गतेदेखि सञ्चालनमा रहेको यस संस्थाले वित्तीय क्षेत्रका कर्मचारीहरू र अन्य सरोकारवालाहरूको क्षमता अभिबृद्धिको क्षेत्रमा काम गर्छ । नेपालको वित्तीय प्रणालीलाई बलियो बनाउने उदेश्य सहित सञ्चालित यस कम्नपीले वित्तीय क्षेत्रलाई सबल बनाउन अनुसन्धान र परामर्श सञ्चालन गर्ने , विशिष्ट मान्यता प्राप्त पाट्यक्रमहरू प्रदान गर्ने र डाटा बैंक सिर्जना गर्ने काम समेत गर्दछ ।