शीर्षकहरू

कालिका लघुवित्त र ग्रिन लाइफ हाइड्रोको संस्थापक शेयर बिक्रीमा

कालिका लघुवित्त र ग्रिन लाइफ हाइड्रोको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइतवार दुई कम्पनीहरूले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ३८५ कित्ता र ग्रिन लाईफ हाइड्रोपावर लिमिटेडले १० लाख कित्ता संस्थापक शेयर विक्री खुला गरेका हुन । दुबै कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएका हुन ।

 इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धीत कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । कालिका लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा र ग्रिन लाईफ हाइड्रोपावरको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय कमलादी , काठमाडौंमा लिखित निवेदन पेश गर्नुपर्नेछ । 

कालिका लघुवित्तले मनोज कुमार थापाको नाममा रहेको ४ हजार १३१ कित्ता, रमेश तिवारीको नाममा रहेको १ हजार २५४ कित्ता र मोति प्रसाद पौडेलको नाममा रहेको १ हजार कित्ता शेयर विक्री खुला गरेको हो । पहिलो चरणमा विद्यमान संस्थापकहरूले यी शेयर खरीद नगरेमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी समेत कम्पनीहरूले दिएको छ ।