शीर्षकहरू

भगवती हाइड्रोपावरले लाभांश दिने, १६ गते बोलायो साधारण सभा

भगवती हाइड्रोपावरले लाभांश दिने, १६ गते बोलायो साधारण सभा

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १४ दशमलव ७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको आधारमा ४ प्रतिशत बोनस शेयर र १० दशमलव ७३६८ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

सोही सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि असोज १६ गते २४औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । सभा अर्पण व्याङक्वेट, थापागाउँ, बानेश्वर, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले लाभांश प्रस्ताव सहित जारी पूँजी बृद्धि गरी ५९ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिमा संस्थापक तर्फबाट दुई जना सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । जारी पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन सभाले गर्नेछ । 

यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । यस वर्षका लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।