शीर्षकहरू

टेलिकमले पनि टिकटकको प्रतिबन्ध हटायो

टेलिकमले पनि टिकटकको प्रतिबन्ध हटायो

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारमा नेपाल टेलिकमले टिकटकको प्रयोग र पहुँचमा लगाइएको रोक हटाएको छ ।

नेपाल सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कार्तिक २७ गतेबाट सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाउने निर्णय गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ ६ गते को निर्णयबाट प्रतिबन्ध फुकुवा गरिएको हो । टिकटकको प्रयोगरपहुँचमा लगाइएको रोक हटेसँगै अब नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीको विश्वास रहेको छ  ।