शीर्षकहरू

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ पथरी शनिश्चरे नगरपालिका(१० घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–११ बस्ने ३७ वर्षीय सन्देश कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

सन्देशले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–८ गौशालाबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।