शीर्षकहरू

नक्सालस्थित टेस्लाको शोरुममा आगलागी

नक्सालस्थित टेस्लाको शोरुममा आगलागी

काठमाडौं । नक्सालस्थित टेस्ला मोटर्सको शोरुममा आगलागी भएको छ ।

दिउँसो १२ बजेदेखि शुरु भएको आगलागी दमकलको सहायतामा निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

आगलागी कसरी भयो भन्ने खुलेको छैन ।

आगोले शोरुमको पहिलो र दोस्रो तलामा क्षति पुगे पनि गाडीमा भने कुनै क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।