शीर्षकहरू

सिंहदरबारभित्र शेयर किनेबेचमा रोक लगाउने अख्तियारको तयारी

सिंहदरबारभित्र शेयर किनेबेचमा रोक लगाउने अख्तियारको तयारी

काठमाडौं । कार्यालय समयमा कर्मचारीहरू शेयर कारोबारमा लागेको भनेर उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र शेयर किनबेचमा रोक लगाउने तयारी गरेको छ ।

अख्तियारले सिंहदरबारभित्र शेयर खरिदबिक्रीका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बन्द गर्ने तयारी गरेको हो । यसका लागि धानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमार्फत कार्यालय समयमा सिंहदरबारमा टीएमएस बन्द गराउन पत्राचार गर्ने तयारी अख्तियारले गरेको स्रोतले जनाएको छ ।

अख्तियारमा कार्यालय समयमा शेयर बजारमा व्यस्त भएर काम प्रभावित भएको भन्दै उजुरी परेको थियो ।