शीर्षकहरू

जलविद्युत परियोजनाको बीमाशुल्क दर घटयो, आतंकवाद र हुलदंगाको दर हटयो

जलविद्युत परियोजनाको बीमाशुल्क दर घटयो, आतंकवाद र हुलदंगाको दर हटयो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जलविद्युत परियोजनाको बीमाशुल्क दर घटाएको छ । प्राधिकरणले बुधबार सम्पति बीमा निर्देशन २०८० शंसोधन गर्दै बीमाशुल्क दर घटाएको हो । 

संशोधित निर्देशन अनुसार जलविद्युत परियोजना अन्तर्गतको अनुसाङगिक क्षति बीमामा तीन महिनासम्म सम्पति बीमा दरको कुल बीमाशुल्क पाँच लाख रुपैयाँ तोकेको छ । यसअघि भने यस्तो बीमाको बीमाशुल्क पाँच लाख १२ हजार रुपैयाँ तोकिएको थियो । 
६ महिनासम्मको लागि पाँच लाख ६० हजार रुपैयाँ नयाँ दर कायम गरेको छ । यस अघि भने पाँच लाख ७२ रुपैयाँ तोकिएको थियो  । नौ महिनासम्मको लागि भने ६ लाख रुपैयाँ तोकिएको छ । यसअघि भने ६ लाख २० हजार रुपैयाँ तोकिएको थियो । १२ महिनासम्मको लागि ६ लाख ४० हजार रुपैयाँ तोकिएको छ । यस अघि भने ६ लाख ६० हजार रुपैयाँ तोकिएको थियो । 

त्यस्तै, शंसोधित निर्देशिकामा हुलदंगा, आतकंवाद, द्धेषपूर्ण कार्यको बीमाशुल्क हटाइएको छ । अनुसाङ्गिक क्षति बीमामा यस्तो खालको जोखिमको बीमा अनिवार्य भए पनि बीमाशुल्क दर भने हटाइएको छ । यस अघि भने ६ महिनासम्मको चार करोड रुपैयाँ बराबरको बीमाङ्कमा हुलदगां, आतकंवाद, द्धेषपूर्ण कार्यको बीमाशुल्क प्रति हजार ३० पैसा तोकिएको थियो । १२ महिनासम्मको लागि भने ५० पैसा तोकिएको थियो । 

अनुसाङ्गिक क्षति बीमा भनेको कुनै कारणवश जलविद्युत परियोजना पूर्वाधार क्षतिग्रस्त भयो । सो  पूर्वाधार निर्माण नहुँदासम्म जलविद्युत परियोजनाले विद्युत उत्पादन गर्न नसक्ने भयो । विद्युत उत्पादन नहुँदा हुने क्षतिको रक्षावरण गर्ने बीमालाई अनुसाङ्गिक क्षतिको बीमा भनिन्छ ।