शीर्षकहरू

कुमारी बैंकले ल्यायो तीज विशेष नयाँ योजना

कुमारी बैंकले ल्यायो तीज विशेष नयाँ योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ । बैंकले रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना सञ्चालन गरेको हो । 

बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यहि भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई एक सय रुपैयाँको क्यासब्याक योजना सञ्चालनमा ल्याएको छ । 

यस योजनाबाट सेवाग्राहिहरुको विद्युतिय भूक्तानी प्रयोगमा टेवा पुग्ने बैंकले जनाएको छ ।