शीर्षकहरू

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८३ हजार कित्ता शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ८३ हजार ७६ कित्ता संस्थापक शेयर भदौ १९ गतेदेखि बिक्रीमा ल्याएको छ । बैंकले एक जना संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको शेयर शाखामा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।