शीर्षकहरू

आन्तरिक हवाई भाडा न्यूनतम ४५ देखि २६५ रुपैयाँसम्म घट्यो

आन्तरिक हवाई भाडा न्यूनतम ४५ देखि २६५ रुपैयाँसम्म घट्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । प्राधिकरणले सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ देखि अधिकतम २६५ रुपैयाँसम्मले घटाएको हो नेपाल आयल निगमले भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएपछि आन्तरिक हवाई क्षेत्रको भाडा पनि घटाएको छ । धनगढीमा २२०, तुम्लिङटारमा ९०, सिमरामा ४५ सुर्खेतमा १७५, राजविराजमा १०० रुपैयाँले घटेको प्राधिकरणले जनाएको छ ।

काठमाडौं विमानस्थबाट सबैभन्दा टाढाको विमान स्थल नेपालगञ्जको भाडामा २६५ रुपैयाँ कम भएको छ भने सबैभन्दा नजिकको सिमरा विमान स्थल उडान गर्दा ४५ रुपैयाँ भाडा दर कम भएको छ ।  काठमाडौं विमानस्थलबाट उडानमा माउन्टेन फ्लाइटमा भद्रपुर १५० रुपैयाँ,  विराटनगर १२० रुपैयाँ, जनकपुर ६५ रुपैयाँ, भरतपुर ५० रुपैयाँ, पोखरा ८० रुपैयाँ, भैरहवा १०५ रुपैयाँ इन्धनको मूल्य घटेको छ ।