शीर्षकहरू

सिटिजन्स क्यापिटलको अठारौँ वार्षिक साधारण सभा सम्पन्न

सिटिजन्स क्यापिटलको अठारौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले अठारौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको अठारौँ साधारण सभाले आ.व.२०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारितसँगै सभा सम्पन्न भएको हो । 

वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरूमा आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ ।  

आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परीक्षण कार्य गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावली अनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालकहरूको बैठक भत्ता परिमार्जन गरेको छ ।