शीर्षकहरू

हाइड्रोईलेक्ट्रीसिटी कम्पनीको अतिवरित हकप्रद शेयर बाँडफाँट

हाइड्रोईलेक्ट्रीसिटी कम्पनीको अतिवरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ १२ गते खोली कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँट गरेको हो । 

कम्पनीको शेयरको कटअफ मूल्य १३५ रुपैयाँ कायम भएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले अवितरित हकप्रद शेयर विक्री खुला गरेको थियो । कम्पनीले संस्थापक समूह “क” उप समूह क–२ को अन्य संस्थापक अन्तरर्गत अवितरित हकप्रद शेयर मध्ये यस अघि लिलामी गर्दा विक्री नभएको उक्त शेयर पुनः लिलामीमा विक्री गरेको हो । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बाँडफाँटमा नपरेको आंशिक परि बाँकी रहेको शेयर वापतको रकम भदौ १७ गतेदेखि फिर्ता भुक्तानी सम्बन्धित आवेदकको खातामै गरिने जानकारी समेत कम्पनीले दिएको छ ।