शीर्षकहरू

कुमारी बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा ५०० छुट

कुमारी बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा ५०० छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि टिकट खरिद गरि कुमारी बैंककै डेबिट/क्रेडिट कार्ड, मोवाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा रु ५०० छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकको विश्वास छ ।