शीर्षकहरू

नाडा अटोशोमा  स्काईवेल गाडी ९९ वटा बुकिङ, नाडापछि मूल्य बढ्ने

नाडा अटोशोमा  स्काईवेल गाडी ९९ वटा बुकिङ, नाडापछि मूल्य बढ्ने

काठमाडौं । नाडा अटोशोमा  स्काईवेल गाडी ९९ वटा बुकिङ गरेको छ । नाडा अटोशो २०२४ को ५ औं दिन सम्ममा जि मोटर्स प्रालि स्काईवेलका विद्युतीय सवारीको आधिकारीक बितरकले ९९ बुकिङ्ग स्काईवेल इटी ५ बिई ११ मोडेलका ६२० किमि, ५२० किमी र ४२० किमीको लिएको कम्पनिका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए । 

हाल नेपालमा ४० वटाभन्दा बढी स्काईवेलका ईटी ५ प्रीमियम विद्युतीय  यसयुभि बिक्री–बितरण भई सकेको उनले बताए ।  जि मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी स्पेशल मुल्य ४१० किमी, बिई११ को ७५।९० लाख, बिई११ ५२० किमीको मुल्य ८५.९० लाख एबम ईटी५ को मुल्य १.१० करोड कायम गरेको कम्पनीले जनाएको छ । 

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।  नाडा शो पश्चात सबै मोडेलमा ५ लाखले मुल्य बृद्धि हुने कम्पनीले जनाएको छ ।