शीर्षकहरू

गोदाममा रहेको एक लाख २० हजार केजी चिनी सिलबन्दी

गोदाममा रहेको एक लाख २० हजार केजी चिनी सिलबन्दी

काठमाडौं ।  रानी सतीको नेकाप स्थित गोदाममा रहेको एक लाख २० हजार केजी चिनी सिलबन्दी गरेको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न कम्पनीबाट आएका चीनीको मूल्य फरक फरक भएको पाएपछि अनुसन्धानका लागि गोदाममा शिलबन्दी गरेको हो । 

इन्दु शंकर चिनी उद्योग हरिवन, सर्लाहीबाट उत्पादन वर्ष २०८०/८१ मा उत्पादित राज हंस ब्रान्डको चिनीमा फरक फरक बोरा मा फरक फरक खुद्रा मूल्य उल्लेख भएको पाएको विभागले जनाएको छ। कुनै बोरामा ५७५० रुपैयाँ उल्लेख छ कुनैमा ६००० रुपैयाँ उल्लेख भएको भेटिएको विभागले जनाएको छ ।

रानी सती इन्टरनेशनलको नेकाप स्थित गोदामबाट चिनी खरिद गर्न आएको गाडी चेक जाँच गर्दा सो गाडीमा यस सप्लायर्स, कुलेश्वरले जारी गरेको बिक्री बिल भेटिएको विभागले जनाएको छ । 

त्यस्तै, रानी सतीले यस सप्लायर्सलाई चिनी बेचेको र गौतम स्वीटको नाममा बिल जारी गरेको देखिएको विभागले जनाएको छ । सो कार्य मूल्य वृद्धि गर्ने आशयले गरिएको हो की भन्ने आशङ्का लागेको हुँदा थप यकिन र अनुसन्धान गर्न चिनी शिलबन्दी गरेको विभागले जनाएको छ ।