शीर्षकहरू

३० वर्षे सेवाअवधि खारेजको अन्तरिम आदेश खारेज

३० वर्षे सेवाअवधि खारेजको अन्तरिम आदेश खारेज

काठमाडौं । नेपाली प्रहरीको सेवा अवधिको विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ। न्यायाधीशद्धय शारंगा सुवेदी र विनोद शर्माको इजलासले प्रहरीको ३० वर्षे सेवाअवधि खारेज विरुद्ध सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश गरेको हो । 

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहितका केही अधिकृतसहित २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेका थिए । यसभन्दा पहिला सोहि रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।