शीर्षकहरू

उर्जा मन्त्रालयको वरिष्ठ उर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त

उर्जा मन्त्रालयको वरिष्ठ उर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त

काठमाडौं ।  उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वरिष्ठ उर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त भएका छन । नेपाल सरकार, मन्त्रीपरिषद्को भदौ १३ को निर्णयबाट उर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ का अधिकारीलाई  वरिष्ठ उर्जा विज्ञमा नियुक्त गरिएको हो । 

इलेक्टिकल ईन्जिनीयरिङ स्नातकोत्तर (डिग्री) हासिँल गरी नेपाल विद्युत प्राधिकरणबाट उप कार्यकारी निर्देशक पदबाट निवृत्त भएका अधिकारी झण्डै तीन दशकदेखि नेपालको उर्जा क्षेत्रको विकासमा क्रियाशिल छन । 

विशेषतः उर्जा व्यापार, अन्तरदेशीय विद्युत प्रसारण तथा उर्जा नीतिका ज्ञाता मानिने नवनियुक्त उर्जा विज्ञ अधिकारीले आजै मन्त्रालयमा पदभार समेत ग्रहण गरेका छन ।