शीर्षकहरू

सबै प्रकारका दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम छन्ः सिलवाल

सबै प्रकारका दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम छन्ः सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने भएकाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज बुटवलमा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीसँग आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने हुनाले सबै दावी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुन्छन्, प्राधिकरणले पनि नजिकबाट नियमन गरिरहेको हुन्छ ।”

बीमितले आफूले लिएको बीमालेख राम्रोसँग पढ्नुपर्ने आवश्यकता औंल्याए । साथै उनले बीमक, बीमित र अन्य पक्षको साझेदारीबाट नै बीमाको प्रवद्र्धन हुने र प्राधिकरणले सम्बद्ध सबैको भावना समेटेर नीति निर्देशिका बनाउने गरेको समेत उनले जानकारी दिए । 

अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दावी भुक्तानीका लागि सरकारसँग पहल भइरहेको जानकारी दिए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बीमा गर्दा सहज हुने तर दाबी भुक्तानी पाउन कठिन हुनेहुनाले त्यसलाई सरलीकरण गर्नुपर्ने र आफूले रोजेको जोखिमको मात्र बीमा गर्न पाउने व्यवस्था हुनुपर्ने बताए ।