शीर्षकहरू

इष्टर्न साहारा कम्पनीले आईपीओ जारी गर्ने

इष्टर्न साहारा कम्पनीले आईपीओ जारी गर्ने

काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता शेयर मुल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागेको हो । 

उक्त सर्वसाधारणहरुमा निष्काशन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङ्ग गर्नको निमित्त नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्थासँग द्विपक्षीय सम्झौता भएको छ । 

वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ । लियाजन अफिस बानेश्वर हाइट काठमाडाैंमा रहेको छ ।