शीर्षकहरू

नेरुडे मिर्मिरे लघुवित्तकाे ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्तकाे ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ७२ हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । इच्छुक खरिदकर्ताहरूले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय बनेपा–८ काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले आठ जना शेयरधनीहरूको नाममा रहेको यी शेयर बिक्री गर्न लागेको हो । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।