शीर्षकहरू

हिमालयन ८०–२० ले साउन मसान्तसम्म कमायो २७ करोड नाफा

हिमालयन ८०–२० ले साउन मसान्तसम्म कमायो २७ करोड नाफा

काठमाडौं । हिमालय म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले साउन मसान्तसम्म २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । असार मसान्तसम्म १० करोड ९२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले साउन मसान्तसम्म भने नाफा बढाएको हो ।  

साउनमा योजनाको जम्मा आम्दानी २७ करोड ९१ लाख रुपैयाँभन्दा बढी रहेको छ भने जम्मा खर्च २३ लाख रुपैयाँभन्दा बढी छ । असार मसान्तसम्म योजनाको जम्मा आम्दानी १३ करोड ४ लाख रुपैयाँभन्दा बढी रहेको थियो भने जम्मा खर्च २ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको थियो । असार मसान्तसम्मको तुलनामा साउनमा योजनाको आम्दानी बढेको र खर्च घटेकाले नाफामा राम्रो बृद्धि देखिएको हो ।

प्रति इकाई खुद सम्पत्ति मूल्य पनि असार मसान्तसम्म ११ रुपैयाँ ९ पैसा रहेकामा साउन मसान्तसम्म १३ रुपैयाँ १९ पैसा कायम भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले साउन मसान्तसम्म मुद्दती निक्षेप सहित धितोपत्रमा गरेको लगानीको परलमूल्य ९४ करोड ८५ लाख ९७ हजार रुपैयाँ रहेको छ । योजनाको लगानीको बजारमूल्य भने १ अर्ब १६ कोड ८ लाख रुपैयाँभन्दा बढी रहेको छ । यस योजनाले १० करोड इकाई जारी गरेको थियो ।