शीर्षकहरू

मेरो माइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरो माइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त स्वयम्भू, काठमाडौंलाई सहयोग गरेको छ । संस्थाले प्रहरी वृत्त स्वयम्भूमा रहेका Quick Response Team (QRT) लाई २० थान हेलमेट, फ्लोरोसेन्ट ज्याकेट, नि गार्ड र पन्जा हस्तान्तरण गरेको हो । 

उक्त सामाग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दलाई हस्तान्तरण गरेका हुन् । स्वयम्भू क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालीन समयमा सडकमा खटिएका प्रहरीहरूलाई चेकिङ गर्न, गस्ती गर्न तथा जोखिम व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त सहयोग गरेको हो ।

आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक तथा आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने संस्थाले जनाएको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत १ लाख ५० हजार भन्दा बढी विपन्न घरपरिवारहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।