शीर्षकहरू

टाटाको दशैं लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक

टाटाको दशैं लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक

काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दशैंलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकले टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सक्ने कम्पनीले जनाएको छ । 

होमप्लायन्स अन्तर्गत वासिङ मेसिन, फ्रिज, एसी, टिभी, माइक्रोवेभ छन् भने ग्याजेटअन्तर्गत आइफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिने कम्पनीले जनाएका छ । यस्तै टुर प्याकेजअन्तर्गत मरिसस, ब्यांकक, मलेसिया, दुबई वा युरोप रहेका छन् । साथै,बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भिअह्कल बिजनेस युनिटका सिनियर जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार  सिप्रदी आफ्ना ग्राहकको उत्साह बढाइराख्न र उनीहरुको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न हरेक वर्षझैँ यो वर्ष पनि अफर ल्याएको बताए । यो योजना असोज १४ गते सम्म लागू हुनेछ ।