शीर्षकहरू

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री  एवं  सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा(एमाले) निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष एवं चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन ।