शीर्षकहरू

टान निर्वाचनः पाण्डे समूहले प्यानलसहित उम्मेदवारी दर्ता

टान निर्वाचनः पाण्डे समूहले प्यानलसहित उम्मेदवारी दर्ता

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका उम्मेदवार सागर पाण्डेले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन ।

टानको यही भदौ १७ मा हुनलागेको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आज उहाँले पत्रकार सम्मेलन गरी प्यानलसहित आफ्नो समूहले उम्मेदवारी दर्ता गरेको जानकारी दिएका हुन ।

पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा, द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेद्वारी दिनुभएको छ । यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी दिए ।

साथै कार्यसमिति सदस्यका लागि माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन । पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी पाण्डेले टान अक्षयकोष स्थापना गर्न, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्न आफूले उम्मेदवारी दिएको जानकारी दिए ।

 उनले ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने, टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने, नियन्त्रित पदमार्गको अनुमतिमा सहजीकरण गर्ने, करसम्बन्धी समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताए । 

यस्तै, पर्यटक सवारी साधान खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरी कार्यान्वयन गराइने, वैकल्पिक पदमार्गको  विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने, पदमार्गको प्रचारप्रसारलाई प्राथमिकता दिने घोषणा गर ।