शीर्षकहरू

शेयर बजारमा ३६.८३ अंकको गिरावट, १२ अर्ब २४ करोडको कारोबार

शेयर बजारमा ३६.८३ अंकको गिरावट, १२ अर्ब २४ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से ३६.८३ अंकले घटेर दुई हजार ७ सय ४९ दशमलव ५७ विन्दुमा बन्द भएको हो ।                                       

नेप्सेमा आज १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५३ वटाको बढेको छ भने १८८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                                

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिहीबारको कारोबारकुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २०३१.७० रुपैयाँ पुगेको छ भने  रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूलय ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४४१.४० रुपैयाँ पुगेको छ ।  

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा भने घटेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । गुडवील फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।